काठमाडौ २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् बैठक बहिस्कार गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, त्यतिबेलासम्म आफूहरुले यसमा भाग नलिने भन्दै बाहिस्कारको घोषणा गरे।
‘जबसम्म जबरजस्त यस प्रकारको संसद्लाई अगाडि बढाउने काम भैराख्छ,’ उनले भने, ‘यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन। हामी बहिस्कार गर्छौं।’
राप्रपाले हिजो पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको थियो।








प्रतिक्रिया दिनुहोस्