काठमाडौ २ असार । नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप लगाउँदै एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शिर निहुराएर लज्जावोध गर्ने गरेको टिप्पणी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘अहिले कांग्रेसलाई पनि नजर भरी भरी हेरिरहेका छन्, एमालेलाई पनि हेरिरहेका छन्,’ सापकोटाले भने, ‘अझ कांग्रेस त त्यस्तै पार्टी हो। हामीले जानेकै पार्टी हो।
त्यो प्रजातान्त्रिक सामन्तहरुको पार्टीमा मान्छेलाई धेरै आशा थिएन। तर एमालेका कार्यकर्ताहरुको हामी जहाँ जहाँ पुग्यौँ त्यहीँ त्यहीँ शिर निहुरिएको छ। उनीहरु असाध्यै लाजस्पद छन्।’
यस्तै उनले देश बनाउनका लागि आफूहरुले अध्यक्ष प्रचण्डको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको जिकिर गरे। ‘
कांग्रेस, एमालेबाट निर्वाचित भएकाहरुले पनि बाटोमा जुनजुन पालिकाहरु परे तिनीहरुले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ,’ सापकोटाले भने, ‘त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्नेकुरा हामीले त बुझेको कुरा हो। जनताले पनि त्यो बुझे।’








प्रतिक्रिया दिनुहोस्