काठमाडौ २ असार । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गर्नुभएको छ । उहाँले नेतान्याहुलाई इरानसँगको तनावको समाधान वार्ताको माध्यमबाट मात्र गर्न सकिने बताउनुभएको बीबीसीले जनाएको छ ।
फोन वार्ताका क्रममा दुवै जनाले इरानसँग आणविक हतियार हुनु हुँदैन भन्ने कुरामा कुनै शङ्का नरहेको कुरामा सहमति जनाउनुभएको छ ।
यसअघि उर्सुला भोन डेर लेयनले गाजामा इजरायलको कारबाहीको आलोचना गर्दै आउनुभएको थियो । तर इरानले संयुक्त राष्ट्र आणविक निगरानी संस्थाको नियमहरूको पालना नगर्दा इजरायलले आफ्नो रक्षा गर्ने अधिकार पाउने बताउनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्