काठमाडौ २ असार । इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो ।
उनी सुत्ने ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७।६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्ताल प्रहरीले बरामद गरेको छ ।
यो पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया दिनुहोस्