ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ – उपराष्ट्रपति


एबीसी न्यूज
जेष्ठ २४, २०८२ शनिबार  ७ : २६ बजे

काठमाडौं, २४ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गरेका छन् ।
बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव जातिले गर्न सक्नुपर्दछ ।”
उपराष्ट्रपति यादवले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुग्ने बताए । इस्लाम धर्ममा यो पर्व अत्यन्तै धूमधाम, प्रेम र भाइचाराका साथ मनाउने परम्परा रही आएको छ । बकरीदको नामले समेत मनाइने यो पर्वमा मुसलमानले पैगम्बर हजरत इब्राहिमको स्मरण गर्छन् । हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ । त्याग शब्दलाई इस्लामिक मान्यतामा कुर्बानी भनिन्छ । यस पर्वको मुख्य आधार र मान्यतामध्ये कुर्बानी पनि हो । यसको नैतिक अर्थ–मानिसले आफूभित्रका खराब आचरणलाई कुर्बानी दिनु (त्याग गर्नु) पनि हो । घमण्ड, रिस, राग, लोभ, बेईमानी र कट्टरता त्याग्ने सन्देश पनि यो पर्वले दिन्छ ।
पछिल्लो समय अन्य धर्ममा जस्तै इस्लाममा पनि केही कुरीति, कुसंस्कार, विकृति र विसंगति प्रवेश गरेकाले त्यसलाई परित्याग गर्न जरुरी छ । यसका लागि इस्लाम धर्मभित्र रहेका सकारात्मक दार्शनिक एवं आध्यात्मिक विचारलाई प्रचार–प्रसार गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले धार्मिक बुद्धिजीवि तथा समाजका अगुवाले यसका लागि अग्रसरता लिँदै यस धर्मको मूल उद्देश्य– प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश फैलाउनुपर्ने आवश्यक पनि औँल्याएका छन्। उनले नेपालको विविध संस्कृति बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई दशकौँयता आत्मसात् गरेको एक सुन्दर समन्वय र सम्मिश्रण रहेको बताए ।
कुनैपनि धर्मले सबैखाले विभेद्को अन्त्य र नकारात्मक भावलाई निषेध गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले धर्मको उद्देश्य त्याग, मन, वचन र कर्मको पवित्रता, अहिंसा, लोकहित, बुद्धि र विवेकबाट निर्धारित कर्ममार्गको महत्वलाई स्थापित गर्नु भएको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com