ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  २ : ३९ बजे

काठमाडौ २३ जेठ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समिति भंग गर्नुपर्ने माग राख्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समिति भंग गर्नुपर्ने माग सहित तरुण दलका नेता(कार्यकर्ताहरू शुक्रबार विरोधमा उत्रिएका हुन् ।

मोटरसाइकल र्‍यालीसहित सानेपा पुगेर वर्तमान समितिलाई भंग गरेर नयाँ ल्याउनुपर्ने उनीहरूको माग छ ।

नयाँ कार्य समितिको माग सहित विरोधको नाराबाजीको नेतृत्व गर्नेमा सभापति शेरबहादुर देउवा पक्षका छन् ।

विरोध र्‍यालीको नेतृत्व गर्नेहरूमा तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरी लगायत छन् ।

तरुण दल अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेकोले उनलाई निरन्तरता दिन नहुने उनीहरूको भनाइ छ ।

फेरि अवधि थपिए पनि गुरुङले महाधिवेशन गराउन नसक्ने असन्तुष्ट तरुण दलका नेताहरूको दाबी छ ।

तरुण दलका अध्यक्ष गुरुङविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शन गर्नेहरूलाई केन्द्रीय कार्यालयमा प्रवेश नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । केन्द्रीय कार्यालय प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोकेको छ ।

ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार भ्रातृसंस्था विवादलाई लिएर भएको प्रदर्शनबाट हुने सक्ने सम्भावित घटनालाई लिएर सुरक्षाकर्मी परिचालन गरिएको हो ।

सभापति देउवा तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरूलाई अन्तिम एकपटक समय थप्ने पक्षमा छन् । केही दिन अघि भएको पदाधिकारी बैठकमा सभापति देउवाले भ्रातृ संस्थाको अवधि थप्नुपर्ने विचार राखेका थिए ।

तदर्थ समितिमा रहेको तरुण दलको केन्द्रीय समिति ४०१ जना छन् । ९ चैत २०७८ सालमा सभापति देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com