काठमाडौ २३ जेठ । सर्लाहीबाट प्रहरीले लागु औषधसहित तीनजना युवालाई पक्राउ गरेको छ।
सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर( १० स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
विशेष सूचनाको आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज पर्सा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मलंगवा( १० निवासी २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षीय मुकेश पण्डित र सर्लाहीकै चक्रघट्ट गाउँपालिका( २ औरही बस्ने १८ वर्षीय पंकजकुमार राउत छन्।
उनीहरुको साथबाट नाइट्रभेट( १० लेखिएको लागू औषध दुई हजार ६ सय ७० चक्की र दुईवटा भारतीय मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्