ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियुका नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले दिएको सन्देश


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  १० : ४७ बजे

काठमाडौ २३ जेठ । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आउन अब दुई दिन बाँकी छ। अनेरास्ववियुको महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौंको कीर्तिपुरमा हुँदैछ।

महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षलगायत अन्य पदका आकांक्षीहरू बढेका छन्।

अनेरास्ववियुले पहिलोपटक उमेरहदको प्रबन्ध गर्न लागेको छ। गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा उमेरहदरको मापदण्ड लागू गर्ने निर्णय गरेको थियो। सोहीअनुसार ३२ वर्ष मुनिका र नियमित विद्यार्थीलाई महाधिवेशन प्रतिनिधि चयन गर्न र अनेरास्ववियुको कमिटीहरूमा ३२ वर्ष मुनिकालाई मात्रै राख्न एमाले महासचिव शंकर पोखरेलले परिपत्र गरिसकेका छन्। त्यसअघि एमालेले जनसंगठनहरूमा दुई तहको मात्रै कमिटी सचिवालय र केन्द्रीय कमिटी राख्ने र पदाधिकारीहरूको संख्या ९ मा सीमित गर्ने निर्णय गरेको थियो।

अखिलमा उमेरहद लाग्दा मौजुदा पदाधिकारीहरूमध्ये पाँच जना मात्रै बाँकी रहन्छन्। पाँच जना सचिवहरू ३२ वर्षमुनिका भएकाले तिनैमध्येबाट नेतृत्व चयन गर्ने तयारी भइरहेको छ। अहिले सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा। सुजन कडरिया, आरती भट्टराई र अञ्जना शिवाकोटी अध्यक्षको आकांक्षीको रूपमा छन्।

बिहीबार बेलुका प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका पूर्वअध्यक्ष वर्तमान पदाधिकारीहरूलाई बालुवाटार बोलाएर सहमतिमै नेतृत्व चयन गर्न जोड दिएका थिए। अखिलका पूर्वअध्यक्ष माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनीता बरालसहित नेताहरू बालुवाटारको छलफलमा थिए। त्यस्तै जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल र अनेरास्ववियुमा वर्तमान पदाधिकारीहरूलाई पनि बालुवाटार बोलाइएको थियो।

छलफलमा अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेकाले पार्टीको आन्तरिक एकतालाई कसिलो बनाउनुपर्ने खाँचो औंल्याएको सचिव प्रकाश पौडेलले जानकारी दिए।

‘उहाँले सहमतिमै नेतृत्व चयन गरेर जाँदा उपयुक्त हुने बताउनुभएको थियो। सहमति पनि लोकतान्त्रिक मूल्यमान्यताभित्रै पर्ने हुँदा एकले अर्कालाई नेतृत्वमा स्वीकारेर जाँदा पार्टीभित्रको लोकतन्त्र अझ बलियो हुने उहाँले बताउनुभयो,’ उनले भने।

सहमति नभएको खण्डमा स्वस्थ प्रतिस्पर्धा पनि स्वीकार्य हुने अध्यक्ष ओलीले बताएका थिए। पार्टीले कसैलाई पनि नबोक्ने बताउँदै जसले जिते पनि अनेरास्ववियु र महाधिवेशनको निर्णयलाई पार्टीले मान्ने बताएका थिए।

अर्का सचिव दीपक धामीले पनि अनेरास्ववियुमा सहमतिमै नेतृत्व टुंग्याउन अध्यक्ष ओलीले सुझाव दिएको बताए।

‘अहिले एमाललाई चर्को घेराबन्दी छ। यस्तो बेलामा सहमतिका साथ नेतृत्व चयन गर्दा एकताको सन्देश पनि जान्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव धामीले भने, ‘सहमति नहुँदा स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ। तर सकेसम्म सहमतिमै जोड दिनुस्। यसले राम्रो सन्देश दिन्छ।’

अध्यक्ष ओलीले अखिलमा उमेरहद अहिलेको आवश्यकता भएकाले कार्यान्वयन गरेर जान पनि निर्देशन दिएका थिए। अनेरास्ववियुको नेता–कार्यकर्ता ३२ वर्षमुनिका र नियमित विद्यार्थीमध्येबाट हुँदा संगठनलाई गतिशील बनाउने अध्यक्ष ओलीको बुझाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com