ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन, एक बजे उम्मेदवारी दर्ता


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  १० : ४३ बजे

काठमाडौ २३ जेठ । नेकपा माओवादी को युवा संगठन योङ कम्युनिस्ट लिग वाइसिएल को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयन सहमतिमै टुंग्याउन नेताहरूले कसरत जारी राखेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले हिजो निर्वाचन कार्यतालिका अघि बढ्न सकेको थिएन।

शुक्रबार दिउँसो एक बजेलाई उम्मेदवारी दर्ता प्रक्रिया सुरू गर्ने तयारी रहेको निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए।

‘हामीले सहमतिमै जोड दिएका छौं। अस्तिसम्म १३ जना अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो। अहिले ६ जना हुनुहुन्छ। उहाँहरूकै बीचमा सहमति गरेर प्रक्रियालाई अन्तिम रूप दिन्छौं,’ उनले भने।

उनले शुक्रबार दिउँसो १ बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने र आजै नयाँ नेतृत्व चुन्ने पनि उनले बताए।

‘पार्टी नेतृत्व, आम प्रतिनिधिको मनोभावना पनि सहमतिमै नेतृत्व चयन गर्नपर्छ भन्ने छ। यस्तो बेलामा सहमति मै नेतृत्व छान्दा त्यसले बलियो सन्देश जाने उहाँहरूको बुझाइ छ,’ उनले भने।

जेठ १८ गतेदेखि चलेको सम्मेलन नयाँ नेतृत्व चयनसहित जेठ २० गते सक्ने कार्यसूची थियो। तर जेठ २३ गतेसम्म पनि नेतृत्व चयन प्रक्रिया सुरू भएको छैन।

सम्मेलनले २५१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय पदाधिकारी, तीन वटा आयोग चयन गर्नेछ।

निर्वाचन समितिले उम्मेदवारको नामावली भने प्रकाशित गरेको छ। वाइसिएलको तेस्रो अधिवेशनका लागि १ हजार ५२२ जना प्रतिनिधि छन्।

वाइसिएलको आगामी अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी, गणेश शाही, नवराज ऐर लगायतको नाम चर्चामा छ। बुधबारसम्म कुँवरको नाम चर्चामा आए पनि बिहीबार पुष्प ओलीको सम्भावना बढेको एक प्रतिनिधिले बताए।

त्यस्तै पुलामी, शाही र ऐर पनि पछि हट्ने पक्षमा नदेखिएको अर्का प्रतिनिधिले बताए।

‘नेतृत्वले कसलाई बनाउन चाहेको हो भनेर प्रष्ट चित्र आइसकेको छैन। छलफल चलिरहेको छ। अध्यक्ष प्रचण्डले जसलाई बनाउन भन्नुहुन्छ वा भन्नुभएको छ, अन्तिममा बन्ने त्यही हो। चुनाव हुन्छ जस्तो त हामीलाई पनि लागेको छैन, ती प्रतिनिधिले भने।

अध्यक्ष प्रचण्डले वाइसिएलको सम्मेलन सहमतिमै टुंगिनुपर्ने धारणा पार्टी पदाधिकारी बैठकमा पनि राखेका थिए। बिहीबार बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले वाइसिएल सम्मेलनमा सहमतिका लागि प्रयास भइरहेको ब्रिफिङ गरेका थिए।अध्यक्ष प्रचण्डको जोड पनि सहमति होस् भन्ने नै रहेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए।

‘वाइसिएल सम्मेलन सहमतिमै टुंगिन्छ। योग्य, क्षमतावान, ऊर्जावान लिडरसिप हुनुहुन्छ। त्यसलाई पार्टीले निष्पक्षतापूर्वक हामीले पार्टीको सहजीकरण गर्नुपर्छ भन्ने निष्कर्ष हो,’ बैठकमा उठेका प्रसंगबारे बताउँदै सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com