ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकको छानबिन अन्तिम चरणमा


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  १० : ३७ बजे

काठमाडौ २३ जेठ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । त्रिविका रजिस्ट्रार प्रा।डा। केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम गरिरहेको बताए । ‘छानिबिन समितिलाई ताकेता गरिरहेको छु । अर्को हप्ता रिपोर्ट पेस हुन्छ । तथ्यांक संकलन गरेर रुजु गर्ने काम भइरहेको छ,’ उनले भने ।

त्रिविले डा। जीवन काफ्लेको संयोजकत्वमा खोजबिन समिति बनाएको थियो । समितिले क्याम्पस–क्याम्पसमा पुगेर नफर्किने प्राध्यापकहरुको सूचि तयार पारेको छ ।

त्रिविका प्राध्यापकले अध्ययनका लागि ५ वर्षको तलबी बिदा पाउँछन् । बिदा सकिएपछि फर्किएर जति बिदामा बसेको हो सो बराबर काम गर्नुपर्ने नियम छ ।

त्रिविको नियममा ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।

यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्तामा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । तर अध्ययन बिदामा गएका धेरैजसो प्राध्यापक नफर्किने र तलब भत्ता पनि फिर्ता नगर्ने गरेको पाइएको छ ।

त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम २ अर्ब बढी गएको छ । अध्ययन बिदामा गएका प्राध्यापक नफर्किदा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ ।

त्यसैगरी त्रिविले प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय पनि उल्टाउने भएको छ । नियम विपरीत त्रिविका प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् । त्रिविका रजिस्ट्रार रिजालले यो निर्णय कार्यकारी परिषद्ले उल्टाउने तयारी गरेको बताए ।

‘बेतलबी बिदा सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय कार्यकारीबाट निर्णय गर्छौं । कानुनी सल्लाहमा छौँ,’ उनले भने ।

बहालवाला तथा पूर्व पदाधिकारीले समेत बेतलबी बिदा जोडेर पेन्सन बुझिरहेका छन् । यो गैरकानूनी र अनैतिक कार्यले त्रिविलाई ठूलो आर्थिक भार परेको छ । त्रिविका अनुसार हाल उपप्राध्यापकदेखि प्राध्यापकसम्म कुल ४ हजार १५६ जनाले पेन्सन लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com