काठमाडौ २३ जेठ । आज जेठ २३, शुक्रबार बाढीको सम्भावित जोखिमका हिसाबले ९ जिल्लाका बासिन्दाले सतर्कता अपनाउन आवश्यक देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे बुलेटिन जारी गरी इलामदेखि पश्चिमका ९ जिल्ला र आसपास भई बग्ने खोला(नदीमा ठूलो बाढी आउने सम्भावना देखिएको जानकारी दिएको हो।
सूचनामा भनिएको छस् आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।
यस्तै बाढी महाशाखाले आगामी ३ दिन ९आइतबारसम्म० कोसी नारायणी कर्णाली महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक देखिएको बताएको छ।
बाढी महाशाखाले अगाडि भनेको छस् कन्काई, कमला र बागमतीमा बहाव केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ।








प्रतिक्रिया दिनुहोस्