ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालविरुद्ध मुद्दा पर्ला भनेर सोचेकै थिइनँ- झलनाथ खनाल


abc news
जेष्ठ २३, २०८२ शुक्रबार  १० : २६ बजे

काठमाडौ २३ जेठ । नेकपा एकीकृत समाजवदीका ‘सम्मानित नेता’ झलनाथ खनालले आफ्ना पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी मुद्दा हाल्ला भनेर कल्पनै नगरेको बताएका छन्।

बीबीसी नेपालीसँगको अन्तवार्तामा उनले यो काण्ड पनि ललिता निवास प्रकरणजस्तै सामसुम होला भन्ने सोचेको तर अवस्था फरक देखिएको बताएका हुन्।

‘तपाईंले त चिताउनु पनि भएको थिएन होला नि, आफ्ना अध्यक्ष यसरी अख्तियारको मुद्दामै पर्लान् भनेररु’

झलनाथः ‘अँ मैले त्योचाहिँ चिताएको थिइनँ। यस्तो हुन्छ, मुद्दै परिहाल्छ भन्ने खालको कुरा मैले सोच्या थिइनँ। किनभने तपाईंसँग पहिला पनि कुरा भाकै हो, ललिता निवासका बारेमा। त्यतिबेला पनि विभिन्न ढंगले होहल्ला, चर्चा भयो, तर त्यो त्यत्तिकै सामसुम भएर पनि गयो।’

भूतपूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले मुद्दा अदालतमा दर्ता भइसकेकाले अब फैसला कुर्नुको विकल्प नभएको पनि बताएका छन्।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com