ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारले क्षेत्राधिकार नाघ्यो – एकीकृत समाजवादी


abc news
जेष्ठ २२, २०८२ बिहीबार  ९ : ५५ बजे

काठमाडौ २२ जेठ । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघेको आरोप लगाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेर अख्तियारले क्षेत्राधिकार नाघेको बताए ।

नेता पाण्डेले नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न नपाउने भन्ने अदालतको फैसलाको उल्लंघन भएको बताए ।

‘अहिले हाम्रो पार्टीका अध्यक्षमाथि अख्तियारले मुद्दा दर्ता गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा यसरी मुद्दा दर्ता गरेको अहिलेसम्म मैले सुनेको छैन,’ उनले भने, ‘यो भन्दा अघि एउटा कुनै विषयमा कुरा उठ्दा अदालतले नीतिगत निर्णयमा मुद्दा चल्दैन भन्ने फैसला गरेको थियो । त्यसलाई उल्लंघन गर्दै अख्तियारले क्षेत्राधिकार नाघेर मुद्दा दर्ता गरेको छ ।’

विभिन्न दलहरू मिलेर सरकार बनेको भन्दै उनले सरकार चलाउने दलहरू बीचको रसायन पनि कतिसम्म टिक्ने हो ठेगान नभएको बताए ।

प्रधानमन्त्रीको दलले नै विपक्षी दललाई दमन गर्न खोजेको भन्दै उनले अलि दिन पछि प्रधानमन्त्रीको दल नै प्रतिपक्षमा जाने सम्भावना रहेको बताए ।

विपक्षी दललाई सिध्याएर आफू चाहिँ बलियो हुन्छु भन्ने कल्पना गरेको भए त्यो व्यर्थको कुरा हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के थियो ओली र लेखकविरुद्धको आरोप?

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

सम्बन्धित

के थियो ओली र लेखकविरुद्धको आरोप?

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com