ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जारी भएको तेस्रो दिनमै सम्पत्ति शुद्धीकरण निर्देशन संशोधन, घरजग्गा कारोबारमा ‘केवाईसी’ नचाहिने


abc news
जेष्ठ २२, २०८२ बिहीबार  ४ : २४ बजे

काठमाडौ २२ जेठ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन हुने भएको छ ।

विभागले मंगलबार जारी गरेको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि बिहीबार नै संशोधन हुने भएको हो ।

विभागले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र ग्राहक विवरण ९केवाईसी० अनिवार्य गर्दै निर्देशन जारी गरेको थियो । उक्त निर्देशनमा प्रधानमन्त्री कार्यलयको चसोपछि बुधबार र बिहीबारको सचिव स्तरीय छलफलबाट संशोधन हुने पक्का भएको हो ।

बुधबार र बिहीबार प्रधानमन्त्री कार्यलयका सचिव फणिन्द्र गौतम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीबीच भएको छलफलले संशोधन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका सचिव शर्माका अनुसार विभागले जारी गर्ने निर्देशन घरजग्गा कारोबारमा केवाईसी अनिवार्य गरिएको विषयलाई संशोधन गरिने भएको छ ।

‘मालपोत कार्यालयमा हुने विवरण आफैंमा केवाईसी सरह हुन्छ,’ शर्माले भने, ‘केवाईसीको व्यवस्था गर्दा थप कागजात मात्र संकलन हुने अवस्था रहने भएकाले त्यसलाई हटाउने तयारी भएको छ ।’

संशोधित निर्देशन अनुसार मालपोतमा भएको कागजातमै सांकेतिक कोड प्रयोग गर्ने वा नाम लेख्ने व्यवस्था गरेर निर्देशन बिहीबार नै जारी हुने सचिव शर्माले बताए ।

केवाईसीले मालपोतमा झन्झट मात्रै थप्ने र कागजातको चाङ हुने भएकाले त्यसलाइ संशोधन गर्न प्रधानमन्त्रीको कार्यालयबाट चासो देखाइएपछि सोही अनुसार काम भएको उनको भनाइ छ ।

‘घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट व्यवस्थाका विषयहरू यथावत रहन्छ,’ शर्माले भने, ‘फाइनान्सियल टास्क फोर्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

सम्बन्धित

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

जाँचबुझ आयोगले रमेश लेखकबारे के भन्यो?

हिरासतबाट अस्पताल : पूर्वप्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि लगिए

के थियो ओली र लेखकविरुद्धको आरोप?

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com