ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाम पुगे प्रदेशमन्त्री झपट बोहरा, उधोगका विविध विषयमाथि छलफल


admin

अछाम,१३ चैत । मंगलसेन नगरपालिका र अछाम उद्योग बाणिज्य संघले प्रदेश सातका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा सङ्ग आर्थिक सवाल र समसामयिक विषयमा अन्तरक्रिया गरेको छ ।

 

मन्त्री बोहरा गृह जिल्ला अछाम आयका बेला स्वागत तथा सम्मान गर्दै मन्त्री सङ्ग विकास र समृद्धिका विषयमा अन्तरक्रिया गरिएको हो । सहभागी जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालाले नगरको विकास, जिल्लाको समृद्धि र औधोगिक विकासका विभिन्न विसयमा आर्थिक मामिला तथा योजनामन्त्री बोहरालाई जिज्ञासा राख्नुभएको थियो ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको स्वागत तथा अन्तरक्रियामा प्रमुख अतिथि रहनुभयका मन्त्री बोहराले लोक कल्याणकारी राज्यका लागि कर आवश्यक भयकाले सरकारले लगाउने कर जनताकै लागि भएको बताउनुभयो ।

सबैका हक अधिकार सुनिस्चित गर्न तथा विकास र समृद्धिको लागि प्रदेश सरकारले लगानी मैत्री बाताबरण बनाउने बताउनुभयो । प्रदेशको समानुपातिक विकास र आर्थिक समृद्धिको लागि लगानी कर्तालाई विशेष व्यवस्था र आकर्षणका कार्यक्रम ल्याउने तयारिमा आफुहरु रहेको मन्त्री बोहराको भनाई थियो ।

विशेष लक्ष्य उदेश्य सहित नगरपालिकाले अघि बढेको खण्डमा प्रदेश सरकार सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउनुभयो । अन्तरक्रियामा उधोग बाणिज्य संघका महासचिव बम बहादुर रावल, मंगलसेन नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियोे ।

नगर उपप्रमुख सरिता उपाध्यायले स्वागत मन्तब्य राख्नुभएको अन्तरक्रियामा कार्यक्रमको सहजीकरण नगरका सुचना अधिकारी नरेश बहादुर कठायतले गर्नुभएको थियो ।

यस्तै मन्त्री बोहरालाई जिल्ला प्रसाशन कार्यालयमा जिल्ला स्थित कार्यलय प्रमुखहरुले आर्थिक, भौगोलिक र समसामयिक विषयमा बिफ्रिङ गरेका थिए भने बान्निगढि जयगढ गाउपालिकाले पनि  विविध विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com