ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले रविलाई जस्तै लेखकलाई पनि फसाउँदैछन्- प्रभु साह


abc news

काठमाडौ २१ जेठ । आम जनता पार्टी आजपा का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको टिप्पणी गरेका छन्।

‘दलतन्त्रको भण्डाफोर गरौँ, गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने मुल नाराका साथ आज ९बुधबार० नेपालगञ्जमा आजपाद्वारा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री निवास बालुवाटारमा बुनेको एक महत्वपूर्ण काण्ड ‘भिजिट भिसा काण्ड’ भएको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्रीको कनेक्सन गृहमन्त्रीलाई फसाउने र मोर देन कांग्रेस बनेर गिजोल्ने काम भइरहको छ। यो सबै घटनाक्रममा भिजिट भिसा प्रकरणमा केपी ओलीको हात छ। यहाँ प्रस्टै देखिन्छ काँखमा राखेर छुरा हान्ने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘रवि लामिछानेमाथि पनि यस्तै भएको थियो, सुरुमा सहकारीमा निर्दोष रहेको भन्ने केपीले नै दोषी बनाइ जेल पठाउनु भयो। अहिले पनि यसरी फसाउँदैछन्। हेर्दै राख्नुस्, अहिले राजीनामा दिनुनपर्ने प्रधानमन्त्री ओलीले अझै भिजिट भिसामा के के गर्नुहुन्छ।’

नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै उनले बाहिर गठबन्धन जस्तो देखिए पनि भित्र–भित्र काटमार, एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको बताए। अप्राकृतिक एवं अपवित्र अहिलको गठबन्धनका कारण मुलुक र जनताले दुस्ख पाइरहेको र जनता निरास भएको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यक रहेको बताए। मुलुक र जनताको भविष्यका लागि अहिले अन्तरिम सरकार गठन गरेर अगाडि बढनुको विकल्प नभएको समेत उनले बताए।

यस्तै उनले तराई मधेसका समस्याबारेमा मौन रहेको वर्तमान सरकारले नेपालगंजसहितको विकास नचाहेको पनि आरोप लगाए। बजेटमै विभेद गरेर तराई मधेसलाई अझै पछाडि धकेल्ने काम सरकारले गरिरहेको बताए। ऐतिहासिक, विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको नेपालगंज सहित पश्चिमी तराई मधेसको विकास, समृद्धिलाई सरकारले बेवास्ता गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com