काठमाडौ २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्यान्सर संस्थान स्थापनाको लागि सुझाव संकलन सुरु गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरेर ७ दिन भित्र सबैको रचनात्मक सुझाव माग गरेको छ।
मन्त्रालयले राष्ट्रिय क्यान्सर संस्थान स्थापनाको लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेलको संयोजकत्वमा गठित समितिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा शिवजी पौडेल, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसे, स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा सदस्य रहेका छन्।









प्रतिक्रिया दिनुहोस्