ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको बैठकअघि आन्तरिक छलफलमा दलहरू


abc news

काठमाडौ २१ जेठ । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् । सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ ।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागमा लचक भएका छन् । तर, छानबिन समिति वा आयोग बनाउनुपर्ने उनीहरूको सर्त छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा पैसा लिने गरेको र यस्तो कार्यमा गृहमन्त्रालयकै अधिकारीहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि नै नैतिक प्रश्न उठाएका छन् ।

यो विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भइराखेको छ । प्रतिनिधि सभाको बैठकमा अवरोध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ । विपक्षी दलहरू भिजिट भिसाका नाममा अनियमितता भइराखेको सरकारले स्वीकार गरेर छानबिनका लागि तयार भए सदनको अवरोध खुल्ने बताइरहेका छन् ।

तर, सत्तापक्ष गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नमा जवाफ दिएपछि मात्रै छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन सक्ने तर्क गरिरहेका छन् । यी दुई थरी मतका बीचमा मिलन बिन्दु के हुन सक्छ भनेर दलहरू आन्तरिक छलफलमा रहेका हुन् ।

सभामुख देवराज घिमिरेले सभाको बैठक अगाडि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् । उक्त बैठकमा सहमति जुटे आजै प्रतिनिधि सभामा गृहमन्त्रीले जवाफ दिनेछन् ।

संसद सचिवालयकाअनुसार प्रतिनिधि सभामा बोल्नका लागि गृहमन्त्रीले यसअगाडि नै समय मागिसकेका छन् । समय मागिसकेकाले दलहरूबीच सहमति भएको खण्डमा गृहमन्त्रीले संसद्मा बोल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com