काठमाडौ २१ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए ।
गृहमन्त्री लेखकले समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समितिका सदस्यहरुसँग आग्रह गर्नुभयो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तर माओवादी केन्द्रसहितका विपक्षी दलहरुले गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने मागसहित संसदमा अवरोध गर्दै आएका छन् ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सवाको बैठक सवा एक बजे बस्दैछ ।








प्रतिक्रिया दिनुहोस्