ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपकुलपति कार्यालय तोडफोड : त्रिविसँग प्रहरीले माग्यो किटानी जाहेरी


abc news

काठमाडौ २० जेठ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा प्रहरीले किटानी जाहेरी मागेको छ ।

गत १४ जेठमा नेविसंघ निकट विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । त्रिविले घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएको छ । तर, प्रहरीले किटानी जाहेरी माग गरेको छ ।

‘किटानी जाहेरी आएको छैन । किटानी जाहेरी दिन त्रिविलाई पत्र लेखेर पठाएका छौं । जाहेरी विना अगाडि बढ्न अफ्ठ्यारो भएको हो,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले भने ।

सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भने भइरहेको वृत्तले जनाएको छ । स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।

उक्त घटनापछि उपकुलपति केसी कार्यकक्षमा गएका छैनन् ।

‘त्यो दिनदेखि भीसीसर आउनुभएको छैन’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने, ‘विद्यार्थीबाट धम्की आइरहन्छ कसरी आउनु रु’

यसपटक त्रिविको कार्यकारी परिषद्ले नै विश्वविद्यालयको सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कारबाही हुनुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com