काठमाडौ २० जेठ । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार सदन अवरोध गर्दै आएका विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको छ।
उक्त तीनबुँदे निष्कर्ष लिएर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी हुन गएको रास्वपाका कार्यबाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए।
सभामुखले सदनको अवरोध खुलाउनेबारे दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।
यस्तो छ तीन बुँदा
१० उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले बि स श्रम ऐन २०६४ आए पश्चातको समय देखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको ूभिजिट भिसा प्रकरणू सम्बन्धित छानबिनरआयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने।
२० आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्री ज्यू ले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।
३० यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री ज्यू ले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने।








प्रतिक्रिया दिनुहोस्