काठमाडौ २० जेठ । प्रतिनिधिसभाको आजको बैठक २ बजेसम्मलाई सरेको छ। बिहान ११ बजेका लागि डाकिएको बैठक सञ्चालनका लागि विपक्षी दल तयार नभएपछि २ बजेसम्मका लागि स्थगित भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ।
सदन खुलाउनेबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको उनीहरूको आरोप छ। लेखकले पदबाट राजीनामा नदिएसम्म सदन चलाउन नदिने उनीहरूको अडान छ।









प्रतिक्रिया दिनुहोस्