काठमाडौ २० जेठ । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले अनुसन्धान प्रक्रियामा सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त बैठकले यस प्रकरणमा आवश्यक छानबिन गर्नका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।
आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीज्यूले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छु बैठकको निष्कर्ष छ।
गृहमन्त्रीलाई राजीनामा गराएर त्यसको जिम्मा प्रधानमन्त्रीले सदनमा आएर जनाउनुपर्ने पनि विपक्षीको अर्को निष्कर्ष छ।








प्रतिक्रिया दिनुहोस्