काठमाडौ १९ जेठ । प्रमुख दलका तीन शीर्ष नेताबीच अहिले सिंहदरबारमा छलफल हुँदैछ।
प्रधानमन्त्री एवम् नेकपा एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल हुने स्रोतले जनाएको छ।
भिजिट भिसा प्रकरणमा विपक्षीले लगातार संसद अवरुद्ध गरिरहेको सन्दर्भमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन्।








प्रतिक्रिया दिनुहोस्