काठमाडौ १९ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पूर्वका विभिन्न जिल्लाका लागि चेतावनी जारी गरेको छ।
बाढी महाशाखाका अनुसार आज ९जेठ १९, सोमबार० पूर्वका दर्जनभन्दा बढी जिल्लामा बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना छ।
महाशाखाले जारी गरेको चेतावनीमा भनिएको छ, ‘आज झापा, मोरङ, सुनसरी र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीमा बहाव आकस्मिक घटबढ हुनसक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन हुन अनुरोध छ। ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन हुन अनुरोध छ।’
यस्तै महाशाखाले आगामी ३ दिन ९बुधबारसम्म० कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले अगाडि भनेको छ, ‘कन्काई नदीमा जलसतह सतर्कता तहनजिकै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ।’








प्रतिक्रिया दिनुहोस्