ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद फेरि थप्ने तयारीमा कांग्रेस


abc news

काठमाडौ १९ जेठ । नेपाली कांग्रेसले समयमै अधिवेशन गर्न नसकेर म्याद सकिएका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप्ने तयारी गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा म्याद सकिएका भ्रातृ संस्थाको म्याद थप्नेबारे छलफल भएको हो।

नेविसंघ, तरुण दललगायत भ्रातृ संस्थालाई अधिवेशन सम्पन्न गर्न गत चैत मसान्तसम्मको म्याद दिइएको थियो। तर अधिकांश भ्रातृ संस्थाले न अधिवेशन हुन सक्यो न अधिवेशनको तयारी नै गर्न सके।

प्रवक्ता डा प्रकाशशरण महतका अनुसार भ्रातृ संस्थाबारे निर्देशन समितिसँग छलफल गरेर आगामी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट ठोस निर्णय लिइनेछ।

कांग्रेसका १३ भ्रातृ संस्थालाई चैत मसान्तभित्र महाधिवेशन गर्न म्याद तोकिए पनि ५ वटा भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गरे। महाधिवेशन गर्न नसक्ने संस्थालाई पार्टीले प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको थियो। नेविसंघलगायतले तीन महिना समय दिने हो भने महाधिवेशन गर्न सकिने प्रतिवेदन दिएका थिए।

नेविसंघ, तरूण दल, महिला संघ, किसान संघलगायत भ्रातृ संस्थाहरूको कांग्रेसले नियमित महाधिवेशन गर्न सकेको छैन भने तदर्थ समिति गठनको भरमा चल्दै आइरहेको छ।

अहिलेकै तदर्थ समितिलाई निरन्तरता दिने कि नयाँ तदर्थ समिति गठन गरी महाधिवेशन गर्न समय दिने भन्नेमा कांग्रेसभित्र बहस हुँदै आएको थियो। यसबारे आगामी केन्द्रीय समिति बैठक निर्णायक रहेको नेताहरू बताउँछन्।

तर, सभापति देउवाले अहिलेकै तदर्थ समितिलाई अन्तिमपटक म्याद दिएर अधिवेशन गराउने प्रस्ताव बैठकमा गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com