ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्य–प्रमाणले गृहमन्त्रीलाई छोएको छैन, रिस उठेका भरमा राजीनामा मागियो – प्रधानमन्त्री ओली


abc news

काठमाडौ १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही आधार र प्रमाणबिनै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताएका छन्।

सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै तथ्य, प्रमाण केहीले पनि गृहमन्त्रीलाई नछुने दाबी गरे।

ओलीले भने, ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्‍यो।’ अख्तियारले एउटा कर्मचारीको बयान लिएको आधारमा गृहमन्त्रीको राजीनामा माग गरिएको समेत उनले टिप्पणी गरे।

‘केहीले छोएको छैन, केही भएको छैन,’ ओलीले भने, ‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्योअरे भनेका भरमा, के सोधेको पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्रीको, त्यसकारण राजीनामा गर्नुपर्‍यो।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले उनको राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन्।

ओलीले यसरी संसद् अवरोध नचल्ने भन्दै सांसदहरुलाई त्यसै अनुसार तयार रहन समेत निर्देशन दिए। ‘यस्तो कुराले संसद् अवरोध हुँदैन,’ ओलीले भने, ‘तपाईंहरु मानसिकरुपमा तयार हुनुहोस्। यसरी संसद् अवरोध चल्दैन यो।’

प्र

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com