ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजाले पटकपटक धोका दिए, फेरि धोका खाने पक्षमा कांग्रेस छैन- प्रवक्ता महत


abc news

काठमाडौ १९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरणले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै डा। महतले भने, ‘हामीले हिजो संवैधानिक राजा मानेको राजाले पटकपटक धोका दिएको हुनाले अब फेरि पनि धोका खाने पक्षमा कांग्रेस छैन ।’

उनले भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्ने ठाउँ नभएको बताए । ‘त्यो शंकाको फाइदा दिन सकिंदैन । भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले अहिले राजतन्त्र फर्काउने बारेमा त कत्ति पनि कांग्रेस छैन ।’

उनले संविधानमा लेखिएको धर्म, संस्कृति लगायतको संरक्षणका विषयमा कसरी स्वामित्व लिन सकिन्छ भनेर भोलिका दिनमा पार्टीमा छलफल गर्ने बताए ।

उनले राजाको शासनकालमा तत्कालीन गृहमन्त्री कमल थापाले के गर्थे, के बोल्थे भन्ने सम्झन आवश्यक भएको बताए । ‘अलि सालअघि राजाको शासनकालमा के थियो भन्ने बारे गृहमन्त्रीको रूपमा त्यसको नेतृत्व गरिरहनुभएको थियो, उहाँका कस्ता कस्ता अभिव्यक्ति आएका थिए के के बोल्नुहुन्थ्यो रु,’ उनले सोधे ।

अहिले सूचना क्रान्ति भएकोले जे कुरा पनि सार्वजनिक हुने भए पनि राजाको शासनकालमा यस्तो सुविधा नभएको डा। महतले स्मरण गरे ।

‘अहिले त सामाजिक सञ्जाल, मिडिया र सूचना क्रान्तिको बेलामा हामी छौं । त्यसैले हरेक गतिविधि कर्नर(कर्नर, घरघरबाट हामीले खिचिरहेका हुन्छौं,’ उनले भने, उहाँ कमल थापा० को त्यो हाइलाइट भयो, हिजो त त्यो थाहा पनि पाइँदैन थियो कसलाई मार्‍यो, पिट्यो, थिच्यो, किच्यो, थुन्यो, बेपत्ता भयो पनि थाहा हुँदैनथ्यो । त्यसैले उहाँहरूले हामीलाई पाठ सिकाउन मिल्दैन ।’

उनले राजाको शासनमा यसरी प्रदर्शन गर्न नपाउने अवस्था रहेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताए ।

डा। महतले राजावादीहरूले संविधानको विरुद्धमा कुरा गर्दा पनि सरकारले मर्यादित भएर काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com