ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्


abc news

काठमाडौ १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्।

सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड सम्पर्कमै आउन नचाहिरहेको उल्लेख गरेका छन्।

‘भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ,’ ओलीले भने, ‘हामी नेताहरुको बीचमा अलिकति छलफल पनि गरौँ भनेर, उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन।’

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्रसहितका विपक्षी दलहरुले संसद् अवरोध गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले धेरैतिरबाट खोजी गर्दा पनि प्रचण्ड फेला नपरेको र संसद् बन्द गर्ने मुडमा रहेको उल्लेख गरे। ‘उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन,’ उनले भने, ‘उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला।’

ओलीले गृहमन्त्रीको राजीनामा माग्ने बिषयलाई नचाहिने भन्दै त्यस्ता कुराले संसद अवरुद्ध गर्न नहुनेमा पनि जोड दिए।

ओलीले भने, ‘म भन्न चाहान्छु– यस्ता नचाहिने कुरामा संसद् रोकेर, देश विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम जनप्रतिनिधिलाई असफल बनाउने काम निरर्थक ढंगले। अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्‍यो।’

उनले थपे, ‘केहीले छोएको छैन, केही भएको छैन। एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्योअरे भनेका भरमा। के सोधेको पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्रीको, त्यसकारण राजीनामा गर्नुपर्‍यो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com