काठमाडौ १९ जेठ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलनु समितिले आज आन्दोलन नगर्ने भएका छन्।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा जनआन्दोलनु भइरहेको थियो।
समितिको उक्त कार्यक्रमलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका छन्।
समितिले राजसंस्था पुनर्स्थापनालगायत माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको थियो। तर आज भने राजावादीहरूले आन्दोलन नगर्ने भएका छन्।
संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै राजा वीरेन्द्रको परिवारको हत्या भएको स्मृतिमा आज आन्दोलन नगरी शोक मनाउने उल्लेख गरेका छन्। राजा वीरेन्द्रको परिवारको २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्या भएको थियो।आज आन्दोलनका कार्यक्रम नगरी साँझ ६ बजे कमलादीस्थित गणेशस्थानमा दीपप्रज्ज्वलन गरिने संयोजक सुवेदीले बताएका छन्।









प्रतिक्रिया दिनुहोस्