काठमाडौ १८ जेठ । राजसंस्था पुनर्स्थापनाको आन्दोनलमा सहभागी हुँदा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै राँके जुलुस निकालिएको छ ।
राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस निकालेका हुन् ।
जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो । प्रहरीले उनलाई आजै छाड्ने तयारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्