ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग


abc news
जेष्ठ १८, २०८२ आईतबार  १२ : २८ बजे

काठमाडौ १८ जेठ । निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई घेरेको छ । विधेयकका केही प्रावधानमा असहमति जनाउँदै यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको युनियनका सचिव झविन्द्र पोखरेलले बताए ।

नेपाल निजामती कर्मचारी युनियनको टोली निजामती विधेयकका सन्दर्भमा विभिन्न मागसहित आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । यही मेसोमा युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।

तर विधेयक संसदको कार्यसूचीमा गइसकेकाले अब सत्तारुढ र विपक्षी दलहरुसँग छलफल गरेर ‘फूल हाउस’बाटै संबोधन गर्न सकिने उनको भनाइ छ ।

युनियनले निम्न बुँदालाई प्रमुख एजेण्डा बनाएको छ(

– अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने

– ५८ वर्षबाट ६० वर्ष बनाउँदा क्रमश ६ महिना एक वर्ष र दुई वर्ष गरेर गर्नुपर्ने

– एकपटकलाई अन्तर प्रदेश सरुवा खुला गरी आगामी दिनमा सोलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशले जनसङ्ख्याको आधारमा आफ्नो आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गर्नुपर्ने

– १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने

– उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने

– निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com