ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो


abc news
जेष्ठ १८, २०८२ आईतबार  १२ : २५ बजे

काठमाडौ १८ जेठ । भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ।

गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्।

चार दिनसम्म भएको भारत(पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। त्यसमा भारतले लगातार अस्वीकार गर्दै आएको थियो।

शनिबार चौहानले भने घुमाउरो पाराले पाकिस्तानले भारतको लडाकू विमान खसालिदिएको कुरा स्वीकार गरेका हुन्।

शनिबार सिंगापुरमा एसियाली देशहरूका रक्षा प्रमुखकहरूको प्रमुख मञ्च शांग्रिला डायलगबीच अमेरिकी पत्रिका ब्लुमबर्गका पत्रकारले चौहानलाई भारतको लडाकू विमान खसालेको पाकिस्तानको दाबीबारे सोधेका थिए।

जबाफमा चौहानले पाकिस्तानको उक्त दाबीलाई गलत भने।

ुउनीहरूको दाबी हाम्रा लागि महत्त्व राख्दैन,ु उनले भने, ुती विमानहरू किन खसे भन्ने चाहिँ महत्त्वपूर्ण हो।ु

उनको यो भनाइले पाकिस्तानले भारतीय लडाकू विमान खसालेको पुष्टि गरेको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ। तर कति विमान खसेको हो भन्ने चाहिँ पुष्टि भएको छैन। कुराकानीका क्रममा चौहानले ुविमानहरूु भनेका कारण एउटा भन्दा बढी लडाकु विमान खसालेको प्रष्ट हुन्छ।

ल्अज
िल्अभिि
तर त्यसपछि के गर्‍यौं भन्ने कुरा भारतका लागि महत्त्वपूर्ण हुने चौहानले बताएका छन्।

उनले त्यतिबेला रणनीतिक कमजोरी भएको स्वीकार पनि गरे।

ुहामीले गरेको रणनीतिक गल्तीलाई बुझ्न, सुधार गर्न र त्यसलाई सच्याउन सक्यौं। दुई दिनपछि हामीले फेरि हाम्रा सबै जेटहरू उडायौं र लामो दूरीमा निशाना बनायौ,ु उनले भनेका छन्।

उनको यो भनाइले पाकिस्तानले भारतको लडाकू विमान खसालेको पुष्टि गर्छ।

जम्मू(काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले वैशाख २४ गते पाकिस्तानमा आक्रमण गरेको थियो।

त्यतिबेला पाकिस्तानले भारतका ५ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। पाँचमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग(२९ र अर्को पनि रूसमै बनेको सुखोइ सु(३० भएको उसको दाबी थियो। पाकिस्तानले चीनमा बनेको जे(१० सी लडाकु विमान प्रयोग गरी भारतीय लडाकू विमान खसालेको दाबी गरेको थियो।

सिएनएनले फ्रान्सको गुप्तचर विभागका एक उच्च अधिकारीलाई पनि यसबारेमा सोधेको थियो। उनले त्यतिबेला एउटा मात्रै खसेको हो कि त्योभन्दा बढी खसेको हो भनेर बुझ्ने काम भइरहेको बताएका थिए।

भारतकै प्रत्यक्षदर्शीहरूले पनि एउटा लडाकू विमान आगोको लप्कासहित खसेको देखिएको सिएनएनसँग बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com