ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन – यात्रा गर्दा चनाखो रहन आग्रह


abc news
जेष्ठ १८, २०८२ आईतबार  ११ : ०२ बजे

काठमाडौ १८ जेठ । कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो ।

कोशी लोकमार्गको झन्डै एक सय मिटर सडक कटान भएको थियो । सडक भत्केपछि दुईतर्फी नै अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिनुभयो ।

लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उहाँको आग्रह छ ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । सडक पूर्णरुपमा मर्मत गरी दुइतर्फी खुलाउन केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच नारायणगढ–बुटवल सडक खण्डमा गाडी दुईतर्फी नै चलिरहेका छन् । हिजो केहीबेर ह्युम पाइप राख्ने क्रममा गाडी एकतर्फी सञ्चालनमा थिए । यो खण्डमा पानी पर्ने बित्तिकै बाटो चिप्लो भएर र डाइभर्सन भत्किएर समस्या हुँदै आएको छ ।

सडक जोखिमपूर्ण भएपनि आज गाडी नियमित सञ्चालमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पश्चिम० का सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com