ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुटनितिज्ञ देश निकाला मामिलामा रुसले भन्यो, ‘उचित समयमा उचित जवाफ दिइने छ’


admin
चैत्र १३, २०७४ मंगलबार  २ : ५१ बजे

क्यानबेरा, १३ चैत । अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ ।

बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले युरोपमा पनि निकै लामो समयपछि यस्तो विषाक्त वस्तुको प्रयोगबाट स्तब्ध पार्ने खालको हमला गरिएको स्पष्ट गर्नुभयो ।

अष्टे«लियाले पनि दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिएको यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले ती कूटनीतिज्ञलाई आफै देश छोड्न आदेश दिँदै सार्वजनिक सूचना नै प्रकाशन गरेका छन् ।

यसअघि संयुक्तराज्य अमेरिका, बेलायत र क्यानाडाले ती देशहरुमा अनावश्यक विषय र अवस्थामा जासुसी गरेको आरोप लगाएर केही रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गरेका छन् ।

यसरी देश निकालामा परेका रुसी कूटनीतिज्ञको संख्या एक सय नाघेको बताइएको छ । यस्तो प्रकृतिको विषालु पदार्थको हमला गरिएका पूर्व रुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी परेका छन् ।

रुसद्वारा २३ ब्रिटीस कूटनीतिज्ञ निकाला

उता प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार रुसले पनि आफ्नो देशका विरूद्धमा चालिएका पछिल्ला कदमहरूको प्रतिवाद गर्ने भन्दै रुसबाट बृटिश कूटनीतिज्ञहरुलाई पनि निष्कासन गर्ने बताएको छ ।

रुसले २३ जना बृटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको निर्णय हालैमात्र सार्वजनिक गरेको हो ।
रुसको विदेश मन्त्रालयले रुसको राजधानी मस्कोमा रहेको बृटिश दूतावासका कूटनीतिक कर्मचारीलाई नै यसरी निष्कासनको तयारी गरेको हो ।

रुसले ती कर्मचारीहरुलाई एक साताभित्रमा देश छोड्न आदेश दिइसकेको छ ।

यही मार्च ४ मा पूर्व रुसी गुप्तचरमाथि भएको भनिएको यस्तो विषाक्त पदार्थसहितको हमलामा रुसको संलग्नता रहेको आरोप बृटिश सरकारको छ ।

त्यस आरोपछि बृटेनले २३ जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो । त्यसै कार्यको अर्काे प्रतिक्रियास्वरुप रुसले पनि यसरी बृटिशमाथि यो कारबाही गरेर जवाफ दिएको हो ।

अमेरिकाद्वारा ६० जना निकाला 

उता संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई यसअघि नै देश छोड्न आदेश दिइसकेको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।

अमेरिकाको सिटलस्थित रूसी महावाणिज्यदूतावासमा कार्यरत ती कूटनीतिज्ञलाई बन्द गराई त्यहाँ रहेका रुसीलाई देश छोड्न भनेको हो ।

अमेरिकी ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी गराइसकेको छ । निष्कासन भएका रूसी अधिकारीले एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा अमेरिकी प्रशासनले गरेको यो अहिलेसम्मकै सबैभन्दा कडा निर्णय हो भनिएको छ ।

यसै विषयमा जर्मनी र फ्रान्सले पनि सोमबार नै चार चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् । यसरी यी रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने अभियान युरोपमा पनि पुगेको छ ।

यसैगरी युरोपेली यूनियनका सदस्य अन्य १४ राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरूप कडा कदम चाल्न सहमत भएका अर्काे एक समाचारमा जनाइएको छ ।

यसैबीच रूसले भने आफ्ना कूटनीतिज्ञहरुलाई फिर्ता पठाउने गरी गरिएका यी पछिल्ला निर्णयहरुको कडा शब्दमा विरोध गरेको छ ।

यस विषयमा प्रतिक्रियादिँदै रुसले आफ्नो देशका विरुद्धमा भएका यी आफूहरुलाई एक्लाउने क्रियाकलापहरुको जवाफ उचित समयमा उचित रुपमा दिइने बताएको छ ।

यस विषयमा नवनियुक्त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै प्रतिक्रिया दिनुभएको छैन । तर रुसी विदेश मन्त्रालयले विभिन्न देशहरुका यी कदमहरुको कडा शब्दमा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए

चीनले आफ्नो २+२ कूटनीति मध्य एशियासम्म विस्तार गर्ने सम्भावना

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

यासुकुनी तीर्थस्थलको वास्तविकता उजागर गर्न एक जापानी सैनिकका छोराको दृढ संकल्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com