काठमाडौ १७ जेठ । इजरायलको आदेशपछि उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गरिरहेको अन्तिम अस्पताल पनि बन्द भएको छ । इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएका अस्पतालका निर्देशकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
डाक्टर मोहम्मद साल्साले दुई हप्ताको घेराबन्दीपछि बिहीवार बेलुकी जबालियाको अल–अवदा अस्पतालबाट बिरामीहरूलाई निकालिएको छ । उहाँका अनुसार अब उत्तरी गाजामा कुनै पनि स्वास्थ्य संस्था सञ्चालनमा छैनन् ।
युद्धविरामको प्रयास चलिरहेका बेला इजरायली सेनाले अन्तिम अस्पताल पनि बन्द गर्न आदेश दिएको हो । हमासले अमेरिकी युद्धविराम योजनाको ध्यानपूर्वक समीक्षा गरिरहेको बताएको खबरमा उल्लेख छ । यस विषयमा इजरायलले ह्वाइट हाउसमा हस्ताक्षर गरिसकेको छ ।
गाजामा इजरायलले सैन्य कारबाहीलाई निरन्तरता दिइरहेको छ । गाजामा रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको ज्यान गएको छ ।







प्रतिक्रिया दिनुहोस्