काठमाडौ १७ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । संघीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको चार करोड ५० लाखमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७६र७७ मा एक करोड ५० लाख, आव २०७७र७८ मा एक करोड, आव २०७८र७९ मा एक करोड र आव २०८०र८१ मा एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको भवन विद्यालयको ७७औँ स्थापना दिवस तथा ७६औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरेका हुन् ।
आव २०७६र७७ देखि क्रमागत योजनाको रूपमा शौचालयसहित विद्यालयको सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरिएको थियो । प्रशासनिक भवनसँगै दुईतलमा सात कोठे छात्रावास भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीले जानकारी दिए । विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
पालिकास्तरीय नृत्य प्रतियोगितामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोस्रो र विणा मावि लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ । आधारभूत तहस्तरीय हाजिरीजवाफमा सिद्ध आधारभूत आवि प्रथम, भगवती दिनानाथ मावि दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भएका छन् । नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशस् रु नौ हजार, रु सात हजार २०० र रु छ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
हाजिरीजवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशस् तीन हजार, एक हजार ८०० र एक हजार २०० प्रदान गरिएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यपक पराजुलीले विद्यालयको गत आवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चालु आवको हालसम्म चार करोड पाँच लाख १० हजार आय र तीन करोड ८९ लाख ९८ हजार व्याय भएको प्रधानाध्यपक पराजुलीले जानकारी दिए ।
उनका अनुसार आय व्याय अनुसार विद्यालयसँग १५ लाख ११ हजार मौज्दात रकम छ । जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारमा सञ्चालित भगवती दिनानाथ माविमा प्राविधिक शिक्षासमेत अध्ययनरअध्यापन हुँदै आएको छ । कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । विसं २००६ जेठ १५ गते स्थापना गरिएको यस विद्यालयमा हाल पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् ।







प्रतिक्रिया दिनुहोस्