ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होमसेन्टरका कारण एसइई परीक्षार्थी समस्यामा


admin

सुर्खेत, १२ चैत । बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस पटकको एसइई परीक्षाका परीक्षार्थी हुनुहुन्छ । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएपछि उहाँ निकै तनावमा हुनुहुन्छ । परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाइने नियम लगाएपछि उहाँ जस्तै हजारौँ विद्यार्थी समस्यामा परेका हुन् ।

(फाईल फोटो )

आफू पढिरहेको विद्यालयबाट परीक्षा दिन नपाएपछि उहाँ एक दिन टाढाको वीरेन्द्रनगर–११ स्थित शिव मावि धुलियाविटमा परीक्षा दिन आउनुपर्ने बाध्यता आइप-यो । आर्थिक समस्यामा रहेका उहाँलाई टाढाबाट परीक्षा दिन आउनु पर्दा निकै समस्या भयो ।

जाजरकोटको त्रिभुवन मावि थाप्लेमा अध्ययनरत विपना शर्माको समस्या पनि उस्तै छ । उहाँ एक दिन पैदल हिँडेर जिल्लाको शिवशंकर मावि जगतिपुर केन्द्रमा परीक्षा दिन जानुभएको छ । “होटल नहुँदा केही दिनका लागि भए पनि डेरा खोजेर बसेका छाँै, कोठा नपाउँदा पाँचजना एउटै कोठामा कोचिएर बस्नु परेको छ न त खानेपानीको सुविधा छ न बिजुली बत्तीको नै छ”, उहाँले भन्नुभयो ।

होम सेन्टरबाट परीक्षा दिन नपाइने सरकारी निर्णयले उनीहरु जस्तै यस प्रदेशका हजारौँ विद्यार्थी यस्तै तनाव र चिन्तामा छन् । होम सेन्टर हटाउने निर्णयले अभिभावकसमेत चिन्तामा छन् ।

हुम्लाका अभिभावक अर्जुनबहादुर बोहराले परीक्षालाई मर्यादित बनाउने नाममा परीक्षा केन्द्र परिवर्तन गरेर परीक्षाको मुखैमा विद्यार्थी र अभिभावकलाई तनाव र सास्ती दिने काम भएको गुनासो गर्नुभयो ।

एकजना विद्यार्थीको रु ३० हजार खर्च 

कर्णालीका हिमाली तथा विकट दुर्गम जिल्ला जहाँ भौगोलिक विकटता छ एउटा गाउँबाट अर्को गाउँ जान घण्टाँै हिँड्नु पर्ने बाध्यता छ त्यस्ता ठाउँमा होम सेन्टर हटाउने निर्णयले विद्यार्थी र अभिभावकलाई चिन्ता, तनाव र सास्तीमात्र दिने गरेको मुगुका प्रदेश सांसद दानसिंह परियारले बताउनुभयो ।

तल्लो तहका शिक्षकले माथिल्लो तहको जेनतेन पठनपाठन गरिरहेका छन् । धेरै विद्यालयमा अहिलेसम्म आधा कोर्स पनि पूरा भएको छैन उहाँले भन्नुभयो, “एकजना विद्यार्थीको कम्तीमा रु २०÷३० हजार खर्च हुन्छ गरीब विद्यार्थीले कसरी उक्त पैसा जुटाउने रु ।”

शिक्षा ऐनअनुसार विद्यालय तहसम्म घरबाट आधा घण्टाको दूरीमा अध्यापन गराउने व्यवस्था मिलाइने उल्लेख छ तर विद्यार्थीलाई थप सास्ती दिने गरी परीक्षा केन्द्र परिवर्तन गरिनुले बाल अधिकारको समेत हनन हुने सांसद परियारको धारणा छ ।

होम सेन्टरबाट परीक्षा दिन नपाइने भएपछि कर्णाली प्रदेशअन्तर्गतका १७१ विद्यालयका कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाएका छैनन् ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै परीक्षा नियन्त्रण कार्यालयको परिपत्रअनुसार विगत पाँच वर्षदेखि होम सेन्टरबाट परीक्षा दिन नपाइने निर्णय लागू गरिँदै आएको क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निमित्त प्रमुख धनजित शाहीले बताउनुभयो ।

उहाँका अनुसार अधिकांश परीक्षा केन्द्रमा खानेपानी र शौचालयको अभाव, दूषित पानीको प्रयोग, सरसफाइको कमी, गाँसबासको समस्या, दाउराको समस्या, पढाइको चापले कतिपय विद्यार्थीले बासी खाना खान बाध्य हुने गरेका छन् । विगतमा होम सेन्टर परिवर्तन हटाउन विभिन्न जिल्लाबाट आवाज उठे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको शाहीले बताउनुभयो ।

कर्णाली प्रदेशबाट यस वर्षको एसइई परीक्षामा ३९ हजार ३११ परीक्षार्थी सहभागी भइरहेका छन् । यो वर्षको परीक्षामा सबैभन्दा बढी सुर्खेत जिल्लाबाट सात हजार ९९२ जना र सबैभन्दा कम डोल्पा जिल्लाबाट ६६५ जना नियमित तथा एक्जाम्टेडतर्फका विद्यार्थी सहभागी भइरहेको निमित्त प्रमुख शाहीले जानकारी दिनुभयो ।

अर्को वर्षदेखि विद्यार्थीलाई न्याय हुन्छ : मन्त्री रावल 

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले होम सेन्टर परिवर्तनले विद्यार्थीलाई सास्ती भएकाले आगामी वर्षदेखि यस्तो दुःख नपाउने गरी निर्णय गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्को वर्षदेखि परीक्षा दिनकै लागि अर्को विद्यालय जानु पर्दैन । जनताका छोराछोरीले न्याय पाउने गरी नीति बनाइनेछ । होम सेन्टर परिवर्तनका कारण अर्को ठाउँमा एकजना विद्यार्थीको साथमा थप दुईजना जाने र एउटै कोठामा कोचिएर धेरै बस्नु पर्ने भएकाले पठनपाठनमा त विद्यार्थीको स्वास्थ्यमा समेत समस्या हुने मन्त्री रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com