ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई ज्यान सम्बन्धीसहित पाँच कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै प्रहरी


abc news

काठमाडौ ७ जेठ । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गर्न संलग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच वटा मुद्दा चलाउने गरी प्रहरीले राय दिने तयारी गरेको छ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिु ले तोकेका ुजनकमाण्डरु प्रसाईंले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा राखेका थिए।

तर सभा हुनुअघि नै प्रदर्शन हिंसात्मक बनेको थियो। प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाएका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो।

प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र र पार्टी कार्यालयमा आगजनी गरेका थिए भने भाटभटेनी सुपरमार्केट लुटपाट गरेका थिए।

तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।

प्रसाईं चैत २९ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

प्रसाईंमाथि अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए।

‘कति जनाविरूद्ध मुद्दा चलाउने भनेर हेर्ने काम भइरहेको छ। अहिले नै यति जनाविरूद्ध चल्छ भनेर यकिन भइसकेको छैन,’ उनले भने।

यो घटनामा परिसरले ५६ दिनदेखि अनुसन्धान गरिरहेको छ। यसमा बयान लेखन र प्रमाण संकलनको काम सकिसकेको छ।

प्रहरीले यस घटनामा मुख्य दोषी दुर्गा प्रसाईंलाई नै बनाएको छ। प्रसाईंविरूद्ध प्रहरीले पाँच वटा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा राय दिने तयारी गरिरहेको छ।

एसपी बोहराले प्रसाईंविरूद्ध अन्य मुद्दासँगै ज्यानसम्बन्धी कसुरमा पनि मुद्दा चलाउन राय दिइने बताए।

प्रसाईंविरूद्ध पत्रकार सुरज रजकको मृत्यु भएको घटनालाई लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १७७ ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।

एभिन्युज टिभीका पत्रकार रजकको चैत १५ गते तीनकुनेमा आगजनी भएको घरमा जलेर मृत्यु भएको थियो।

यही कसुरमा प्रसाईंनिकट अनवरत तत्पर फौज ९एटिएफ० का सदस्यहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाहीविरूद्ध पनि ज्यानसम्‍बन्धी कसुरमा मुद्दा चलाउन राय दिन लागेको हो।

दुवैले तीनकुनेको घरमा आगजनी गरिरहेको भिडिओ सार्वजनिक भएको थियो।

यसबाहेक प्रहरीमाथि गाडी चलाएको भन्दै प्रसाईंविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८३ अन्तर्गत ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पनि मुद्दा चलाउन राय दिन लागेको हो।

त्यस्तै संहिताको दफा ५० अनुसार राजद्रो, दफा २८५ अनुसार आपराधिक उपद्रव र संगठित अपराधमा समेत मुद्दा चलाउन राय दिन लागेको हो।

प्रहरी परिसरको हिरासतमा अहिले राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेका २६ जना छन्। आपराधिक उपद्रवकको कसुरमा २७ जना हिरासतमा छन्।

त्यस्तै संयुक्त जनआन्दोलन समितिु का सदस्यसचिव रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा समितिले तोकेका आन्दोलन परिचालन समितिका धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com