ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ट्रेड युनियनका नेताको जीवनशैलीमा प्रश्न उठ्यो, घुस लिने गरेको गुनासो आयो’


abc news
जेष्ठ ७, २०८२ बुधबार  ३ : ०३ बजे

काठमाडौ ७ जेठ । पेसागत महासंघ नेपालले ट्रेड युनियनका नेताहरूको जीवनशैलीमा प्रश्न उठाएको छ। महासंघको ३१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रेमलकुमार खनालले ट्रेड युनियन नेताहरूको बदलिँदो सौखिन जीवनशैलीबारे प्रश्न उठेका भन्दै छलफल गर्नुपर्ने बेला भएको बताएका हुन्।

ट्रेड युनियनका नेताको जीवनशैलीको बारेमा प्रश्न आएको छ। हुनलाई श्रमिक नेता भनेको छ, सुटेट बुटेडदेखि लिएर सारा ऐस आरामको जीवन बिताएको छ। हिजो सामान्य तलब भत्ता खाएको मान्छे अहिले ट्रेड युनियनको नेता भएको छ, उनले भने, आलिसान महल छ भन्छ, पँजेरो गाडी छ भन्छ। सारा कुरा छ यो के हो रु हो की होइन। ट्रेड युनियनभित्र आफ्ना नेताको जीवनशैलीमा परिवर्तन आइरहेको बारेमा त्यहाँ मापदण्ड छलफल गर्नुपर्छ कि पर्दैन ?

उनले युनियनका नेताहरूमाथि सरुवा, बढुवाको लिस्ट बोकेर व्यवस्थापन र सरकारलाई बुझाउने र सरुवा, बढुवाका लागि थर्काएर सरुवा हुनेबाट घुस लिने गरेको गुनासो आइरहेको भन्दै यसबारे अनुसन्धान जरुरी रहेको पनि उल्लेख गरे।

ट्रेड युनियनमा अहिले के आरोप आएको छ भने ट्रेड युनियनका नेताहरू भनेको छ, सरुवाको लिस्ट लिएर जाने, व्यवस्थापन र सरकारलाई लगेर पेस गर्ने। थर्काउने, अनि आफ्नो मान्छेलाई, आफूले भनेको ठाउँमा सरुवा गराउने, थपक्क सरुवा व्यवस्थापनले गरिदिन्छ, उनले भने, सरुवा गरिसकेपछि सरुवा भएको मान्छेले ट्रेड युनियनको नेतालाई काम गरिदिएको बापत महिनावारी बुझाउने । वार्षिक रुपमा पैसा बुझाउने खालको कुरा आइरहेको छ।

हो की होइन, होइन भने ट्रेड युनियनले खबरदारी गर्नुपर्ने अवस्था छ।

सरकारी तलब खानेहरूले ट्रेड युनियन खोल्न पाउँदैनन् भन्ने बहस गर्नेहरूलाई उनले जवाफ फर्काए।

‘बजारमा के आइरहेको छ भने सरकारी तलव खाएकाहरुले ट्रेड युनियन खोल्न पाउँदैनन्, खोल्न दिन हुँदैन भन्ने बहस आएको छ, उनले भने, यो भ्रम अन्योल हो भन्नेकुरा हामीले चिर्नुपर्छ । हाम्रो टे«ड युनियन अधिकारका तीन वटा कम्पोनेन्ट छन्। राइट टु अर्गनाइज, राइट टु कलेक्टी बार्गेनिङ, राइट टु इण्डस्ट्रियल एक्सन। यी अधिकारसहित मात्रै हामी अगाडि बढ्न सक्छौँ। हामीले पेसागत हक हितको कुरा गरिरहँदा, श्रमीकको हक हितको कुरा गरिरहँदा तीत वटा अधिकार भएन भने लङ्गडो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com