काठमाडौ ७ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकनले मध्यस्थता गर्नुपर्ने सुझाव दिएका छन्। जसलाई इटालीले पनि समर्थन गरेको छ।
इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले आफ्नो देश युक्रेनमा ‘सम्पर्क निर्माण गर्न र शान्तिका लागि काम गर्न तयार’ रहेको बताएको छ।
अनि उसले भ्याटिकनमा वार्ता आयोजना गर्ने पोपको चाहनालाई ुसकारात्मकु मानेको छ।
यद्यपि, यस विषयमा अझै सहमति हुन सकेको छैन।
गत शुक्रबार टर्कीमा रुस र युक्रेनका अधिकारीहरूबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन। त्यसमा रुसले धेरै नयाँ माग राख्यो।
पोप लियोले गत हप्ता भ्याटिकन दुई देशलाई एकसाथ ल्याउन सधैँ तयार रहेको र शान्ति स्थापना गर्न हरसम्भव प्रयास गर्ने बताएका थिए।
तर भ्याटिकनले ट्रम्पले सुझाव दिएको मध्यस्थता अहिलेका लागि एक विकल्प र आशा भएको बताएको छ।







प्रतिक्रिया दिनुहोस्