ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट- अध्यक्ष प्रचण्ड


abc news

काठमाडौ ७ जेठ । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट कार्यक्रमको रूपमा उल्लेख गर्नुभएको छ।

मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सानीभेरी गाउँपालिका चाइनाबगरबाट रूकुम प्रवेश गरेको प्रचण्ड नेतृत्वको टोलीलाई जिल्लाका विभिन्न कार्यक्रमहरू सकिएपछि बास बस्नका लागि मुसिकोट नगरपालिका–५ स्थित सेरी गाउँमा व्यवस्थापन गरिएको थियो। सेरी गाउँमा अभियान टोलीलाई भव्य स्वागत गरिएको थियो। अध्यक्षसहितको टोलीलाई पार्टी नेता, कार्यकर्ता तथा स्थानीयबासीहरूले फूलमाला र नाराजुलुससहित स्वागत गरेका थिए। स्वागतपछि अध्यक्ष प्रचण्डले आफूलाई स्वागत गर्न उपस्थित बुद्धिजीवी, व्यवसायी, पार्टी नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्नुभयो।

सम्बोधनमा अध्यक्ष प्रचण्डले रूकुम प्रवेश गरेदेखि नै कार्यक्रमहरू उत्साहजनक भएको बताउँदै, चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गर्नुभयो। उहाँले मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गतका जनसभा र कार्यक्रमहरूमा चौरजहारीको जनसभा सबैभन्दा सशक्त र व्यापक भएको धारणा व्यक्त गर्नुभयो।

“पार्टीप्रति रूकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन,” प्रचण्डले भन्नुभयो, “यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ। विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ।”

उहाँले पार्टीले रूकुमको समुचित विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउँदै, स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com