काठमाडौ ६ जेठ । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ। समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक डाकेका हुन्।
बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।
समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई डाकिसकिएको छ।
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् विश्व पौडेललाई गभर्नर बनाउने सहमति यसअघि नै भइसकेको छ।
सोही कारण १८औँ गभर्नर पौडेल नै बन्ने प्रबल सम्भावना छ।







प्रतिक्रिया दिनुहोस्