काठमाडौ ५ जेठ । कोसी प्रदेशका सांसद चढेको गाडी दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ आउने क्रममा कानेपोखरी नजिकै गाडी दुर्घटना भएको हो।
अल्फाबेट बीएइ १४०६ नम्बरको सांसदहरू चढेको गाडीलाई बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको सांसद राधाकृष्ण खनालले जानकारी दिए।
प्रदेशसभातर्फ आउँदै गरेका सांसदहरू राधाकृष्ण खनाल, विद्या चाम्लिङ, मैया श्रेष्ठ र नम्बरलाल धिमाल चढेको गाडी कानेपोखरी नजिकैको जंगलमा कारसँग ठोकिएको हो।
दुर्घटनामा केही सांसदहरू सामान्य घाइते भएका छन्। कोसी प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरू प्रदेशसभातर्फ आउने क्रममा गाडी दुर्घटना भएको जानकारी आएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिदुर लिङथेपले जानकारी दिए।
दुर्घटनामा परेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांसदहरूलाई प्रदेशसभातर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्