काठमाडौ ५ जेठ । भारतीय प्रान्त महाराष्ट्रमा कार नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई(गोवा राजमार्गमा रहेको जगबुडी नदीमा कार खसेको हो।
दुरघटनामा ५ जनाको मृत्यु भएको र चालक गम्भीर घाइते भएको बताइएको छ।
उनीहरू कारमा मुम्बईबाट देवरुख जाँदै थिए।
हाल दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन। यस विषयमा अनुसन्धान जारी छ।







प्रतिक्रिया दिनुहोस्