ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँग तनावका बीच पाकिस्तानका विदेशमन्त्री चीन प्रस्थान


abc news
जेष्ठ ५, २०८२ सोमबार  ११ : ३९ बजे

काठमाडौ ५ जेठ । भारतसँग तनावका बीच पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक दार सोमबार तीन दिन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सदस्यसहित अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार भेटवार्ता क्षेत्रीय विकास र पाकिस्तान(चीन सम्बन्धका विभिन्न आयाममा केन्द्रित हुनेछन्।

यसअघि पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै चीनले पाकिस्तानी विदेशमन्त्री इशाक डारलाई तीन दिन भ्रमणका लागि आमन्त्रण गरेको जानकारी दिएको थियो।

विदेशमन्त्री इशाक दारले मे १९ देखि मे २१ सम्म चीनको भ्रमण गर्नेछन्।

यस क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग दक्षिण एसियाको अवस्थाबारे गहन छलफल गर्नेछन्।

गत अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर एक नेपालीसमेत २६ पर्यटकको हत्या गरेयता भारत र पाकिस्तानबीच मनमोटाव छ।

उक्त आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै विभिन्न कूटनीतिक कारबाहीपछि सैन्य आक्रमण पनि गरेको थियो। जवाफमा पाकिस्तानले पनि प्रतिआक्रमण थालेको थियो। तर पछि अमेरिकालगायत मुलुकको मध्यस्थतामा मे १० साँझ दुई देश युद्धविराम गर्न सहमत भएका थिए।

तर त्यसयता पनि भारत र पाकिस्तानबीचको सम्बन्ध सुमधुर भइसकेको छैन। यहीबीच पाकिस्तानका विदेशमन्त्री चीन भ्रमणमा निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

सम्बन्धित

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

रवि लामिछाने , नख्खु कारागारका जेलर सत्यराम जोशी र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयानमा के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com