ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन प्रधानन्यायाधीशसहितको इजलासमा


abc news
जेष्ठ ५, २०८२ सोमबार  ११ : ३२ बजे

काठमाडौ ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन आज ९जेठ ५ गते० प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा पारिएको लामिछानेको उक्त निवेदन आज भने हर्न मिल्ने न्यायाधीशहरू रहेको इजलासमा पेसी तोकिएको हो।

आइतबार सर्वोच्चले नै दिएको आदेशबमोजिम छैटौँपटकको पेसी भने हेर्न मिल्ने न्यायाधीशको इजलासमा पारिएको हो।

अब भने उनको निवेदनमा सुनुवाइ हुने देखिएको छ। नत्र यसअघि पाँचपटक पेसी तोकिए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भनी सुनुवाइ गरिरहेका थिएनन्।

सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पुनस् पक्राउ परेका हुन्।

तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको हो।

उनले थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्।

हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्। रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि रुपन्देही कारागारमै छन्।

एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए। जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएपछि उनी पुनस् पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

सम्बन्धित

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

रवि लामिछाने , नख्खु कारागारका जेलर सत्यराम जोशी र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयानमा के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com