काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लामा जनधनको थप क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।
हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरे।
‘हिमताल फुटेर पहिरो आएकोले बस्ती जोखिममा रहेको पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको बुझेको छु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन् गम्भीर बनाएको छ।’उनले हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई समेत निर्देशन दिएका छन्।
प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्व तयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरे।







प्रतिक्रिया दिनुहोस्