ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीको पर्सा–५ मा मानवता नै लज्जित हुने घटना : अध्यक्ष अन्सारी


abc news
जेष्ठ ४, २०८२ आईतबार  १० : ०४ बजे

सर्लाही, ४ जेठ । सर्लाही जिल्लाको पर्सामा सामाजिक सदभाव बिथोल्ने प्रयास भएको छ । पर्सा गाँउपालिका वार्ड नं। ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ ।
शनिवार बिहान १० बजेको समयमा तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउँ बस्ने केही अपराधिक व्यतिmहरुले निर्धात कुटपिट गरेको हो । तशलिम अंसारीको छोरीको बिवाह वार्ड नं। ६ बस्ने लाल महम्मद अंसारीको छोरासँग जेष्ठ ८ गते हुने निश्चित भएको थियो ।
सोही विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिवार बिहान स्थानीय सुनचादी पसले राजिन्द्र साह सोनारसंग वादविवाद र धक्कामुक्की भएको स्थानीय प्रत्यक्षदर्शी तथा पिडित अंसारीका छोरा कौशर अंसारीले बताएको छ ।
घटना भएको केहि बेरमै पसले राजिन्द्र साह सोनारले स्थानीय केहि अपराधिक र सामप्रदायिक मानसिकता भएका व्यतिmहरुलाई परिचालन गरि पिडित तसलिम अंसारी र उनका भाईलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको स्थानीयले बताए । अन्सारीलाई कुटपिट गरेका भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कुनै पनि विवाद हुँदा प्रहरीलाई खबर गर्नुपर्ने हो । यसरी कानुनलाई आफनो हाथमा लिएर कुनै व्यतिmलाई सुगुरको खोरमा थुनेर कुटपिट गर्नु कानुन विपरित कार्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक सरोज राईले बताए ।
कानुन उलंघन गर्ने कार्य कुनै पनि हालतमा स्विकार हुदैन । घटनाको बारेमा थप अनुसंन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दोषीहरु माथि कारवाही हुने प्रहरी नायब उपरिक्षक राईले भने ।
अंसारी माथि कुटपिट गर्ने ४ जना व्यतिmहरु पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्लाको सुरक्षा व्यवस्था फित्लो भएको कारण यस्ता धार्मिक तथा सामाजिक द्धण्द फैलाउने व्यक्ति समुहको मनोबल उच्च भएको आम नागरिकको बुझाई छ । यस्ता मानशिकता बोकेका जो कोहीलाई कानुनी कठघरामा उभयाउनुको विकल्प छैन ।
सर्लाही जिल्लाको पर्सा गाउँपालिका–५ मा सामान्य विवादलाई बहाना बनाउँदै तस्लीम अन्सारी र सलिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर गरिएको कुटपिट र अपमानजक व्यवहारले सम्पूर्ण मानवता र सामाजिक सभ्यता नै लज्जित भएको नेपाल संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो।रिजवान अन्सारीले बताएका छन् ।
पूर्वगृह राज्यमन्त्री अन्सारीले यस घटनाप्रति कडा आक्रोश प्रकट गर्दै यसलाई “समाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण” भनेका हुन् ।
उनले भनेका छन्, “समाजमा विभाजनको बीउ छर्ने, घृणाको आगो सल्काउने र व्यक्तिगत र सामान्य झगडाहरुलाई सम्प्रदायिक रूप दिन खोजी अपराधीलाई जोगाउन खोज्ने र अपराधीहरूको राजनीतिक धार्मिक र सामाजिक संरक्षण गर्न चाहने कमजोर समुदायलाई लक्षित गरी अपमानजनक व्यवहार गर्ने यस्ता आपराधिक मानसिकताका व्यक्तिहरूलाई राज्यले कुनै हालतमा क्षम्य गर्नु हुँदैन। तीव्र छानबिनसहित दोषीमाथि अविलम्ब कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।”
अध्यक्ष अन्सारीले सरकार र सुरक्षाप्रति चेतावनी दिँदै भने, “यदि राज्य यस्ता घटनाप्रति निष्क्रिय रहन्छ, अपराधीहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिन्छ भने यसको परिणाम समाजिक अशान्ति, द्वेष र दण्डहीनताको संस्कृति भएर देखा पर्छ, जसको मूल्य सम्पूर्ण मुलुकले चुकाउनु पर्नेछ।”
उनले पीडित परिवारलाई तत्काल न्याय दिन, सुरक्षाको प्रत्याभूति गराउन र गरिमासाथ पुनस्र्थापनाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
नेपाल संघीय समाजवादी पार्टीले यो घटनालाई गम्भीर मानव अधिकार उल्लंघनका रूपमा लिँदै सम्पूर्ण न्यायप्रेमी नागरिक, नागरिक समाज, राजनीतिक दल र मिडिया जगतलाई आवाज उठाउन आह्वान गरेको छ ।
“जात, धर्म, वर्ग वा विचारका आधारमा कोही पनि अपमानित, पीडित वा प्रताडित हुनु भनेको सम्पूर्ण राष्ट्रको हार हो। हामी यस्तो अन्यायलाई कहिल्यै सहन सक्दैनौं, विरोधमा अन्तिमसम्म उभिन्छौं।“ उनले भनेका छन् ।
– प्रेस विभाग, नेपाल संघीय समाजवादी पार्टी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com