पोखरा, ४ जेठ । मणिपाल शिक्षण अस्ताल पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चाइनिज परम्परागत उपचार पद्धति सम्बन्धी ३ दिने गोष्ठी सुरु भएको छ ।
एलोपेथिक सेवा दिइरहेको मणिपालले प्राकृतिक उपचार पद्धतिमा ध्यान दिदैं रोटरी क्लब अफ पोखरासँगको समन्वयमा गोष्ठी सुरु गरेको हो । मंगलबारसम्म चल्ने गोष्ठीको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी पदेश सरकारले प्राकृतिक उपचार (आयुर्वेदिक) मा ध्यान दिइरहेको बताए । आईतबार मात्र पोखरा–२६ लेखनाथस्थित गण्डकी आयुर्वेद अस्पताल कास्कीमा अन्तरंग सेवा सुरु गरिएको सो अवसरमा उनले जानकारी दिए । यसका साथै विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । यसमा मणिपालले पानि सहयोग गरेको उनले बताए । ‘नेपाल कै ठूलो अस्पताल मणिपालले प्राकृतिक तथा परम्परागत उपचार पद्धतिका बारेमा जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद छ,’ उनले भने, ‘यो कार्यक्रमले यस अस्पतालले एलोपेथिकसँगै प्राकृतिक उपचार पद्धतिलाई पनि प्राथमिकता दिएको छ ।’
गोष्ठीका लागि चिन, मकाउ र मलेसियाका १५ जना डाक्टर मणिपाल आएको मणिपाल अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले जानकारी दिए । अघिल्लो संस्करण मकाउमा भएको यो कार्यक्रम रोटरी क्लबसँगको सहकार्यमा यहाँ ल्याइएको उनले सुनाए ।
गोष्ठीका लागि नेपालका योगा सम्बन्धी डाक्टरहरुसँगै सर्वसाधरणलाई आह्वान गरिएको छ । गोष्ठीमा सहभागिताका लागि निशुल्क प्रवेश रहेको छ । निकट भविष्यमै अस्पतालले योगा र आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिताका साथ अघि बढाउने योजना रहेको श्रेष्ठले बताए ।








प्रतिक्रिया दिनुहोस्